एजेन्सी, ८ वैशाख। भारतको महाराष्ट्र राज्य नासिकको एक अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु भएको छ।
नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो ।
जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज बन्द गरिएको छ । तर, अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन बचेको छ । कम अक्सिजन आपूर्तिको कारण भेन्टिलेटरमा भएका मानिसहरु जीवित रहन गाह्रो हुने उनले बताए । उनले अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाही हुने बताए ।
भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन लिकेज भएको हो ।




