काठमाडौँ, ८ वैशाख। आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन प्रतितोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कारोकबार भएको जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५ सयमा रुपैयाँ कायम भएको छ।
योुँगै चाँदीको मूल्य पनि आज प्रतितोलामा १० रुपैयाँले वृद्धि भएको भएको छ। मंगलबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी मूल्य आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




