काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जना कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५५ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ६ सय ६७ जना र ६ सय ८३ जनामा गरिएको एन्टिजेन पपरीक्षणमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जना नयाँ संक्रमित थपिएका हुन्।
यस्तै आज एकैदिन ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा २ सय ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको छ। हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




