हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई बैशाख २७ भित्र सटही गरिसक्न राष्ट्र बैंकले आग्रह गरेको छ।

कतारको केन्द्रीय ब्यांकले चौथो संस्करणका ब्यांक नोटहरू असार १७ ९जुलाई० देखि नचल्ने निर्णय गरेकाले उक्त जानकारी दिएको राष्ट्र बैंकले जनाएको छ। उक्त मितिपछि कतारको केन्द्रीय बैकले नयाँ नोट जारी गर्ने बताएको छ।

चलनचल्तीका कतारी नोटहरू तोकिएको मितिभित्र नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने ब्यांक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरूबाट सटही गर्न सकिनेछ।

" /> नेपाल राष्ट्र बैंकले कतारी रियाल सटही गर्न रोक लागाउदै - Sarbocha Media

नेपाल राष्ट्र बैंकले कतारी रियाल सटही गर्न रोक लागाउदै

`

     २०७८ वैशाख ०७ गते ८:३०

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई बैशाख २७ पछि सटही नगर्ने भएको छ ।

हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई बैशाख २७ भित्र सटही गरिसक्न राष्ट्र बैंकले आग्रह गरेको छ।

कतारको केन्द्रीय ब्यांकले चौथो संस्करणका ब्यांक नोटहरू असार १७ ९जुलाई० देखि नचल्ने निर्णय गरेकाले उक्त जानकारी दिएको राष्ट्र बैंकले जनाएको छ। उक्त मितिपछि कतारको केन्द्रीय बैकले नयाँ नोट जारी गर्ने बताएको छ।

चलनचल्तीका कतारी नोटहरू तोकिएको मितिभित्र नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने ब्यांक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरूबाट सटही गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?