माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र आज वितरण गरिदैँ गरीएको एक स्रोतले जानकारी दिए।

स्रोतका अनुसार, ‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची गए राति तयार पारीएको छ । चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’

त्यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही ब्यहोराको कारबाही हुने भएको बताएको छ ।

" /> नेकपा एमालेले ३२ सांसदहरूको पद खोस्दै - Sarbocha Media

नेकपा एमालेले ३२ सांसदहरूको पद खोस्दै

`

     २०७८ वैशाख ०७ गते ५:४९

काठमाडौँ, ७ वैशाख। सत्तारुढ दल नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

एमालेले संघीय संसदका २७ जना र प्रदेशका ५ जनासहित ३२ जना सांसदहरुलाई सांसद पदबाट हटाउने तयारी गरीएको छ ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र आज वितरण गरिदैँ गरीएको एक स्रोतले जानकारी दिए।

स्रोतका अनुसार, ‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची गए राति तयार पारीएको छ । चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’

त्यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही ब्यहोराको कारबाही हुने भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?