केही दिनअघि इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा दुई घण्टाअघि बाहिरिएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

आइतबार इन्जिनियरिङ संकायकै दोस्रो सेमिस्टरको हाइड्रोलिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । सोमबार हुने स्टिल विषयको प्रश्न पनि परीक्षाअघि नै सार्वजनिक भएको आशंकामा परीक्षा कार्यालयले अर्को प्रश्नको व्यवस्था गरेको विश्वविद्यालय स्रोतले जनाएको छ । विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृंखलाबद्ध रूपमा बाहिरिँदै आएको परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौलाले स्विकारेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रश्नपत्र छाप्ने कार्यमा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको स्रोतको भनाइ छ ।

" /> परीक्षा हुनु अगाबै बाहिरियो प्रश्नपत्र - Sarbocha Media

परीक्षा हुनु अगाबै बाहिरियो प्रश्नपत्र

`

     २०७८ वैशाख ०७ गते ५:२२

विराटनगर, ७ वैशाख । एउटा विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै पूर्वाञ्चल विश्वविद्यालयमा अर्को विषयको प्रश्नपत्र परीक्षाअघि सार्वजनिक भएको छ ।

केही दिनअघि इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा दुई घण्टाअघि बाहिरिएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

आइतबार इन्जिनियरिङ संकायकै दोस्रो सेमिस्टरको हाइड्रोलिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । सोमबार हुने स्टिल विषयको प्रश्न पनि परीक्षाअघि नै सार्वजनिक भएको आशंकामा परीक्षा कार्यालयले अर्को प्रश्नको व्यवस्था गरेको विश्वविद्यालय स्रोतले जनाएको छ । विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृंखलाबद्ध रूपमा बाहिरिँदै आएको परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौलाले स्विकारेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रश्नपत्र छाप्ने कार्यमा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?