काठमाडौँ, ६ वैशाख। सरकारले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।
सञ्चार, सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने छ ।
मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताएको छ।




