काठमाडौँ, ६ वैशाख । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ७ सयमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजारमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।




