एजेन्सी, ५ वैशाख । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यस समय अवधि भित्र १ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेका छन् ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ६७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यस्तै उत्तर प्रदेशमा २७ हजार, कर्नाटकमा १७ हजार तथा छत्तीसगढमा १६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १८ लाख नाघेको जनाएको छ ।




