झापा, ५ वैशाख । झापाको एउटा बाख्रा फार्म र फर्निचर उद्योगमा आगलागी हुँदा ६० लाखको क्षति भएको छ । बुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्।
ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा गतराति करिब साढे १२ बजे आगलागी भएको जनाएको छ ।
आगलागीबाट बोयर जातका खसीबाख्रा‚ दाना जल्दा करिब ६० लाख रूपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिए ।
विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो। इँटा, काठ र छिनको छानोले बाख्राफार्म निर्माण भएको थियो। आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।
घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ। इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।




