काठमाडौँ, ५ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तालामा २ सयले बढेको छ ।
शुक्रबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २ सयले बढेर प्रतितोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसँगैआइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।




