काठमाडौँ, ३ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
६१५८ नमुना पीसीआर परीक्षण गर्दा ८३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै काठमाडौँमा २८६ जना, भक्तपुरमा १९ जना, ललितपुरमा ४३ जना, मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, चितवनमा २२ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, बाँकेमा १३३ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




