एजेन्सी, ३ वैशाख । दोहा रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमणबाट एकै दिन ९ जनाको मृत्यु भएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४१, ४२, ५६, ५८, ५३, ६८, ६९, ७९ र ८५
बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।
कतारमा पछिल्लो २४ घण्टा ९८९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने ५९७ जनालाई निको भएको मन्त्रालयले जनाएको छ । कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार ९५२ जना पुगेको छ भने निको हुनेको संख्या १ लाख ७१ हजार ९८५ रहेको मन्त्रालयले जनाएको छ।
कतारमा अहिले २१ हजार ६१० वटा ‘एक्टिभ’ केस रहेकोमा ४८९ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।




