मन्त्रालयले ती जिल्लाहरूमा विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, पूजाआजा तथा जात्राहरू, सभा सम्मेलन नगर्न तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुलहरूमा सहभागी नहुन अपिल गरेको हो ।

उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर तथा कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लाको हकमा यस्तो अपिल जारी गरिएको हो ।

यस्तै मन्त्रालयले सरकारी अस्पतालहरूलाई कम्तिमा ५० प्रतिशत शय्या कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न पनि निर्देशन दिएको छ । सबै अस्पतालहरूलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न आग्रह समेत गरिएको छ ।

" /> यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह - Sarbocha Media

यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

`

     २०७८ वैशाख ०२ गते १:०३

काठमाडौँ, २ वैशख। स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लामा विद्यार्थीलाई विद्यालय नपठाउन आग्रह गरेको छ । बढी भीडभाड हुने सबै क्षेत्र बन्द नै गर्नुपर्ने अवस्था भए पनि तत्कालका लागि बालबालिकालाई विद्यालयसमेत नपठाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले ती जिल्लाहरूमा विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, पूजाआजा तथा जात्राहरू, सभा सम्मेलन नगर्न तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुलहरूमा सहभागी नहुन अपिल गरेको हो ।

उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर तथा कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लाको हकमा यस्तो अपिल जारी गरिएको हो ।

यस्तै मन्त्रालयले सरकारी अस्पतालहरूलाई कम्तिमा ५० प्रतिशत शय्या कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न पनि निर्देशन दिएको छ । सबै अस्पतालहरूलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न आग्रह समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?