काठमाडौँ, २ वैशाख। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मङ्गलवार सुनको भाउ तोलामा ८९ हजार ५ सय रहेको थियो । त्यस्तै बुधवार सुनको मूल्य तोलामा ३ सयले बढेर ८९ हजार ९ सय कायम भई कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० कायम भएको छ।
योसँगै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ वृद्धि भएको छ । बुधवार चाँदीको मूल्य १ हजार २ सय ६० रहेको थियो भने आज मूल्य वृद्धि भई १२ सय ९० कायम भई कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




