एजेन्सी, २ वैशाख । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ सय ३९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो अवधिमा कोरोना संक्रमणका कारण १ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।
कोरोना महामारीको दोस्रो लहर चलिरहेको भारतमा यो तथ्यांक पछिल्लो अवधिकै धेरै हो। हिजोसम्म त्यहाँ डेढ लाख हाराहारीमा संक्रमित भेटिएका थिए भने ज्यान गुमाउनेको संख्या १ हजारभन्दा तल थियो।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ७० हजारभन्दा धेरै रहेको जनाएको छ।
अहिल्यसम्म भारतभर १ लाख ७३ हजार १२३ जना संक्रमितको ज्यान गइसकेको छ।




