काठमाडौँ, ३१ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५३ रहेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ रहेको छ ।
हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ३६०८ रहेको छ ।
२४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




