प्रक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी रहेको छ । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जानकारी दिए ।

" /> नक्कली बैना कागज तयार गरी नगद ५० लाख ठगी गरेको अभियोगमा पक्राउ - Sarbocha Media

नक्कली बैना कागज तयार गरी नगद ५० लाख ठगी गरेको अभियोगमा पक्राउ

`

     २०७७ चैत्र ३१ गते ८:४४

काठमाडौँ, ३१ चैत । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी रहेको छ । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?