काठमाडौँ, ३० चैत्र २०७७ । कोरोनाको दोर्शो लहर फैलिएसंगै बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ ।
बाँकेमा हिजो ४० जना संक्रमित थपिएका थियो ,भने आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ७८ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
बाँकेमा चैत महिनाको शुरु देखिनै कोरोनाको संक्रमण देखिदै आएको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
उपचाररत २४ जनाको अवस्था सिकिस्त रहको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको छ ।
छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा संक्रमण फैलँदै गएकाले सिमानामा विशेष किसिमको व्यवस्था गर्नुपर्ने जिल्लाबासीको माग छ । नेपालगञ्ज नाका भएर भारतबाट आएकामध्ये ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।




