काठमाडौँ, ३० चैत। दिन दिनै कोरोना सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको शनिवार बसेको बैठकले सङ्क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको थियो ।

सोमबार शिक्षा मन्त्रालयमा विद्यालय बन्द गर्ने विषयमा सरोकारवालासँग छलफल भएको थियो । छलफलमा सहभागीले विद्यालय बन्द गर्ने अधिकारी स्थानीय सरकारलाई सुम्पिनु सुझाव दिएका थिए ।
सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आजको मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ ।
छलफलमा अधिकांशले सरोकारवालाले सीसीएमसीको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेर मात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए ।




