चितवन । चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ, भने केही भाइते भएका छन् ।
जिल्लाको राप्ती नगरपालिका–११ आंमपानीस्थित चिउडे खोलामा आइतबार साँझ ७ः३० बजे थाकलटारबाट चिउडे खोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ५ को ज्यान गएको हो ।
अनुमानित २०र२५ जना सवार उक्त ट्याक्टर सडकबाट करिब २ सय मिटर तल ट्याक्टर खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।




