एजेन्सी, २९ चैत । म्यान्मारको बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा दमन गरिँदा ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको अभियानकर्मीहरूले बताएको छ ।
मृतकहरूको शव सेनाले लिएर गएको र ज्यान गुमाउनेको सङ्ख्या कहिल्यै स्पष्ट थाहा नहुन सक्ने उनिहरुले बताएको छ ।
प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छ ।
म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको दमन पुर्ण कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।




