काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरीएको छ ।
यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने बताएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने सिफारीस गरीएको छ ।
सो अनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौँमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुन सक्ने बताएको छ ।




