आगामी ३/४ वर्षमा सेनाभित्र एक लाख दरबन्दी कटौती हुने जनाइएको हो । कटौती गरिने दरबन्दीमा अधिकांश तल्लो दर्जाका रहेका छन् ।

रक्षा मन्त्रालयसम्बद्ध संसदीय समितिमा सेनाका शीर्ष अधिकारीले दिएको जानकारी अनुसार दरबन्दी कटौतीमा पर्नेहरु गैरलडाकु वर्गका जवान हुन् ।

उनीहरु सेनामा विभिन्न प्रकारका सामान आपूर्ति गर्ने तथा बन्दोबस्तीका सामान ओसारपसारमा संलग्न रहँदै आएका छन् ।

सेनाको टोलीलाई विभिन्न संशाधन उपलब्ध गराउन खटिने त्यस्ता जवानको संख्या कम गरेर सेनाभित्र प्रविधिमैत्री संरचना बढाउन लागिएको सैनिक अधिकारीहरुको भनाइ छ ।

संसदीय समितिमा उदाहरण दिँदै सैनिक अधिकारीहरुले जनाएअनुसार सेनाको एउटा लडाकु कम्पनीमा १२० जना त्यस्ता सैनिक रहन्छन् । उनीहरुलाई प्रविधि उपलब्ध गराउने हो भने ८० जनाबाटै त्यति काम सम्पन्न हुने उनको भनाइ छ ।

दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रविधिमा खर्च गर्ने सेनाको योजना छ ।

" /> भारतीय सेनाद्वारा सैनिक जवानको एक लाख दरबन्दी कटौती गर्दै - Sarbocha Media

भारतीय सेनाद्वारा सैनिक जवानको एक लाख दरबन्दी कटौती गर्दै

`

     २०७७ चैत्र २४ गते ७:२४

एजेन्सी, २४ चैत । भारतीय सेनाले एक लाख जवानको दरवन्दी कटौती गर्ने भएको छ ।

आगामी ३/४ वर्षमा सेनाभित्र एक लाख दरबन्दी कटौती हुने जनाइएको हो । कटौती गरिने दरबन्दीमा अधिकांश तल्लो दर्जाका रहेका छन् ।

रक्षा मन्त्रालयसम्बद्ध संसदीय समितिमा सेनाका शीर्ष अधिकारीले दिएको जानकारी अनुसार दरबन्दी कटौतीमा पर्नेहरु गैरलडाकु वर्गका जवान हुन् ।

उनीहरु सेनामा विभिन्न प्रकारका सामान आपूर्ति गर्ने तथा बन्दोबस्तीका सामान ओसारपसारमा संलग्न रहँदै आएका छन् ।

सेनाको टोलीलाई विभिन्न संशाधन उपलब्ध गराउन खटिने त्यस्ता जवानको संख्या कम गरेर सेनाभित्र प्रविधिमैत्री संरचना बढाउन लागिएको सैनिक अधिकारीहरुको भनाइ छ ।

संसदीय समितिमा उदाहरण दिँदै सैनिक अधिकारीहरुले जनाएअनुसार सेनाको एउटा लडाकु कम्पनीमा १२० जना त्यस्ता सैनिक रहन्छन् । उनीहरुलाई प्रविधि उपलब्ध गराउने हो भने ८० जनाबाटै त्यति काम सम्पन्न हुने उनको भनाइ छ ।

दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रविधिमा खर्च गर्ने सेनाको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?