झापा, २४ चैत । गौरादह नगरपालिका–३ बस्ने भक्त बहादुर बर्देवाको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने ३२ वर्षीय निर्मल थापा लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई १६ थान कौडा र नगद ६९ हजार ४ सय २० रुपैयाँ सहित फेला पारी पक्राउ गरेका हुन् ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।




