मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीय बासीले बताएका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने पुल भत्केको जानकारी आएको र थप विषय बुझ्न बाँकी नै रहेको बताएका छन् ।

चितवन र तनहुँ जिल्ला मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने यो पुलको लम्बाइ २ सय मिटर रहेको छ ।

सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार, कंक्रिटका ४० ४० मिटरका तीनवटा र स्टिलको एउटा ४० मिटरको स्पान पुलमा रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ । बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको हो ।

आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए ।

पुलको शिलान्यास २०७१ सालमा भएको थियो । पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा पाएका थिए ।

पुल निर्माणको कुल लागत १९ करोड रुपैयाँ रहेको उनले बताए । ‘ढलानपछि केही मुख्य काम बाँकी रहेका बेलामा खसेको छ । कारण के हो बुझ्दै छौं,’ प्रमुख अधिकारीले भने । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले असर गरेको थियो ।

" /> बन्दै गरेको पुल भत्कियो - Sarbocha Media

बन्दै गरेको पुल भत्कियो

`

     २०७७ चैत्र २४ गते ६:२०

चितवन, २४ चैत । चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ ।

मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीय बासीले बताएका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने पुल भत्केको जानकारी आएको र थप विषय बुझ्न बाँकी नै रहेको बताएका छन् ।

चितवन र तनहुँ जिल्ला मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने यो पुलको लम्बाइ २ सय मिटर रहेको छ ।

सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार, कंक्रिटका ४० ४० मिटरका तीनवटा र स्टिलको एउटा ४० मिटरको स्पान पुलमा रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ । बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको हो ।

आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए ।

पुलको शिलान्यास २०७१ सालमा भएको थियो । पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा पाएका थिए ।

पुल निर्माणको कुल लागत १९ करोड रुपैयाँ रहेको उनले बताए । ‘ढलानपछि केही मुख्य काम बाँकी रहेका बेलामा खसेको छ । कारण के हो बुझ्दै छौं,’ प्रमुख अधिकारीले भने । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले असर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?