काठमाडौँ, २३ चैत । आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको चालु अधिवेशनको सातौँ बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएका छ।
आज बस्ने बैठकबारे सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ। सूचनामा आजको बैठकमा हुने सम्भावित कार्यक्रम बारेसमेत जानकारी दिइएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६ र २०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने भएको छन्।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ गर्ने कार्यक्रम रहेको छ।




