काठमाडौँ, २३ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोलामा २ सयले घटेको छ ।
आइतबार प्रतितोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार २ सयले घटेर प्रतितोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै सोमबार चाँदीको पनि भाउ तोलामा ५ रूपयाँले घटेको छ । आइतबार प्रतितोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




