काठमाडौँ, २२ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको पनि भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।




