जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो ।

आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरेका छन् ।

फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् ।

" /> बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट, ४ घाइते - Sarbocha Media

बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट, ४ घाइते

`

     २०७७ चैत्र २२ गते १:०५

बाँके, २२ चैत । बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट भएका छन्, भने ४ जना घाइते भएका छन् ।

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइनसकेको प्रहरीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको बताइएको छ।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो ।

आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरेका छन् ।

फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?