ओरालोमा बसको ब्रेकफेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

" /> दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते - Sarbocha Media

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते

`

     २०७७ चैत्र २१ गते १२:३७

दाङ, २१ चैत । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घोराही-लमही सडकखण्ड अन्तरगत मुसोटमा भएको सवारी दुर्घटनामा लमही नगरपालिका-९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस शुक्रबार बेलुका ५ बजेतिर घोराही(मसोटको ओरालोमा दुर्घटना भएको थियो ।

यात्रुबाहक बस कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत हुदा दुर्घटनामा परेको थियो। दुर्घटनामा २८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजना एकजनाको अवस्था गम्भिर रहेको छ ।

ओरालोमा बसको ब्रेकफेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?