काठमाडौँ, २० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा १११ जना संक्रमणबाट मुक्त भएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।
हाल देशभर ६१ जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार ६ सय ४७ जना संक्रिय संक्रमित रहेको जनाएको छ । आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।




