पोखरा, १९ चैत। नेकपा एमालेका नेता माधवकुमार नेपालले देशव्यापी सङ्गठन बनाउने उद्घोष गरेका छन् ।
जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरू पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रस्ट पारे ।बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘देशव्यापी सङ्गठन बनाउने अभियानमा हिँडेका छौँ ।’ ‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौँ टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौँ,’ उनले अघि भने, ‘घोषणा गरुन् त चुनाव, हामी अरूसँग सिटको तालमेल गर्छौँ, सबैलाई मिलाएर लान्छौँ ।’
यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।
८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरूसँग रहेको भन्दै उनले भने, ‘हिम्मत छ भने कारबाही गरे हुन्छ ।’
यद्यपि २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनले बताए ।
केपी ओली पनि सुध्रिउन् भनिरहेको भन्दै उनले भने, ‘केपी ओली तयार छन् रु छैनन् किनभने प्रधानमन्त्री पद जान्छ कि भने चिन्ता छ, अध्यक्ष पद जान्छ कि भन्ने चिन्ता छ ।’




