काठमाडौँ, १९ चैत्र । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको भाउ प्रतितोलामा ९ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुन ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार बढेर प्रतितोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
महासंघको अनुसार आज तेजाबी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । तेजाबी सुन बुधबार ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
योसँगै बिहिबार चाँदीको पनि भाउ प्रतितोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको भाउ प्रतितोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।




