पोखरा, १९ चैत। नेकपा एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी बनाउने घोषणा गरेको छ ।
पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् ।
छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिए ।




