भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ४५ नमुनामध्ये १८ जनामा संक्रमण देखिएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना पुष्टि हुनेहरूमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक–एक जना रहेका छन् ।

योसँगै बाँकेमा पुष्टि भएका कुल संक्रमितको संख्या ४ हजार ७ सय ३० पुगेको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् ।

बाँके जिल्ला भित्रका ५६ र बाहिरका ८८ गरी १ सय ४४ जनाको कोरोनाले मृत्यु भइसकेको जनाएको छ ।

" /> बाँकेमा २४ थप १८ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

बाँकेमा २४ थप १८ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ चैत्र १८ गते ८:१८

नेपालगन्ज, १८ चैत । बाँकेमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ४५ नमुनामध्ये १८ जनामा संक्रमण देखिएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना पुष्टि हुनेहरूमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक–एक जना रहेका छन् ।

योसँगै बाँकेमा पुष्टि भएका कुल संक्रमितको संख्या ४ हजार ७ सय ३० पुगेको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् ।

बाँके जिल्ला भित्रका ५६ र बाहिरका ८८ गरी १ सय ४४ जनाको कोरोनाले मृत्यु भइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?