यस अवधिमा कोरोना भाइरस संक्रमणबाट २ सय ७१ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ लाख ६२ हजार १ सय १४ पुगेको केन्द्रीय स्वास्थ्य त मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

जसमध्य संक्रमितमध्ये पाँच लाख ४० हजार सात सय २० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड १० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी, कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार मात्रै एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।

" /> भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २१ लाख - Sarbocha Media

भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २१ लाख

`

     २०७७ चैत्र १८ गते ७:०८

एजेन्सी, १८ चैत । भारतमा २४ घण्टामा थप ५६ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८ सय ५५ जना पुगेको छ ।

यस अवधिमा कोरोना भाइरस संक्रमणबाट २ सय ७१ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ लाख ६२ हजार १ सय १४ पुगेको केन्द्रीय स्वास्थ्य त मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

जसमध्य संक्रमितमध्ये पाँच लाख ४० हजार सात सय २० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड १० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी, कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार मात्रै एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?