सर्वोच्चको फैसलाविरुद्ध माओवादीका नेता, वरिष्ठ अधिवक्ता शम्भु थापासहितको टोलीले निवेदन दिएको प्रचण्डले बताए। सर्वोच्चले उक्त निर्णय सच्याउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

प्रचण्डले भने, ‘मलाई विश्वास छ पुनरावलोकन हुन्छ ।, देशको राजनीतिक स्थायित्व र समृद्धिका लागि विभाजित गर्ने निर्णय गरिदियो। त्यो सच्याउँछ भन्ने विश्वासका छ।’

सर्वोच्चले गत फागुन २३ गते गरेको नेकपाको एकता भंग गर्ने फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएर फर्कने क्रममा उनले पार्टीको नामको विषयमा मात्रै माग भएको मुद्दामा अदालतले राजनीतिक फैसला गरेको दाबी गरे।

‘अदालतले फागुनमा दुईवटा निर्णय गरिदियो। एउटा संसद पुनर्स्थापना गर्ने र अर्को पार्टीको एकता भंग गर्ने‚ तर हामीले एकता भंग गर्ने फैसला निर्णयमा राजनीतिक र अस्वभाविक भएको भन्दै आइरहेका थियौँ ।’

उनले भने‚ ‘रिट निवेदकले नामको मात्रै माग गरेका थिए। उहाँले पनि एकता भइसकेको पार्टी विभाजन होस् भन्ने चाहनुभएको थिए।’ ​

" /> सर्वोच्चले छिट्टै फैसला सच्याउँछ भन्नेमा ढुक्क छौँ : अध्यक्ष प्रचण्ड - Sarbocha Media

सर्वोच्चले छिट्टै फैसला सच्याउँछ भन्नेमा ढुक्क छौँ : अध्यक्ष प्रचण्ड

`

     २०७७ चैत्र १७ गते ७:३४

काठमाडौँ, १७ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले नेकपा विभाजित गर्ने आफ्नो निर्णय सच्याउने विश्वास व्यक्त गरेका छन्।

सर्वोच्चको फैसलाविरुद्ध माओवादीका नेता, वरिष्ठ अधिवक्ता शम्भु थापासहितको टोलीले निवेदन दिएको प्रचण्डले बताए। सर्वोच्चले उक्त निर्णय सच्याउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

प्रचण्डले भने, ‘मलाई विश्वास छ पुनरावलोकन हुन्छ ।, देशको राजनीतिक स्थायित्व र समृद्धिका लागि विभाजित गर्ने निर्णय गरिदियो। त्यो सच्याउँछ भन्ने विश्वासका छ।’

सर्वोच्चले गत फागुन २३ गते गरेको नेकपाको एकता भंग गर्ने फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएर फर्कने क्रममा उनले पार्टीको नामको विषयमा मात्रै माग भएको मुद्दामा अदालतले राजनीतिक फैसला गरेको दाबी गरे।

‘अदालतले फागुनमा दुईवटा निर्णय गरिदियो। एउटा संसद पुनर्स्थापना गर्ने र अर्को पार्टीको एकता भंग गर्ने‚ तर हामीले एकता भंग गर्ने फैसला निर्णयमा राजनीतिक र अस्वभाविक भएको भन्दै आइरहेका थियौँ ।’

उनले भने‚ ‘रिट निवेदकले नामको मात्रै माग गरेका थिए। उहाँले पनि एकता भइसकेको पार्टी विभाजन होस् भन्ने चाहनुभएको थिए।’ ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?