काठमाडौँ, १६ चैत। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई पार्टीको सदस्यताबाट निलम्बन गर्ने अधिकार प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नभएको दाबी गरेका छन् ।
नेपाल र उपाध्यक्ष भीम रावललाई सदस्यताबाट निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले यस्तो प्रतिकिया दिएका हुन् ।
नेता नेपालले भने, ‘मैले अहिलेसम्म त्यो पत्र पाएको छैन ।, त्यसबारे जानकारी छैन ।’ त्यसो हो भने पनि त्यसको कुनै अर्थ छैन, केपी शर्मा ओलीलाई यो अधिकार छैन ।
आजै नेकपा एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरीएको छ ।
दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएका हुन्।




