सोमबारको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गुड न्युजका साथ अघि बढिरहेको बताएको छ।

सो कार्यक्रममा उनले भने, ‘राष्ट्रिय महत्त्वका आयोजना सम्पन्न गर्ने अभियानमा निरन्तर सरकार लागेको छ । राजनीतिक रुपमा केही अवरोध भएपनि विकास निर्माणका कामहरु तीव्र गतिमा भइरहेको छ । यसलाई गुड न्युजका रुपमा उपस्थित भइरहेका छौं’

काठमाडौँ बासीको सपनाको रुपमा रहेको मेलम्ची काठमाडौं ल्याएको, विकास निर्माणका कामलाई गति दिएको जस्ता विषय गुड न्यूज भएको उनको भनाई छ ।

मन्त्री गुरुङले भने, ‘सरकार गुड न्यूजका साथ अघि बढिरहेको छ । फागुको समापन आजबाट सकिँदैछ । लामो समयसम्म मेलम्चीको खानेपानीको पर्खाइमा रहेकोका काठमाडौंबासीको सपना पुरा भएको छ । सरकार यसमा गौरव गर्छ ।’

मौसममा प्रतिकूलताका कारण स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु पर्ने आवश्यकता देखिएको भन्दै बालबालिका र जेष्ठ नागरिकलाई विशेष ध्यान दिन आग्रह समेत मन्त्री गुरुङले गरेका छन् ।

" /> विकास निर्माणका कार्यहरू तीव्र गतिमा भइरहेको छ : मन्त्री गुरुङ - Sarbocha Media

विकास निर्माणका कार्यहरू तीव्र गतिमा भइरहेको छ : मन्त्री गुरुङ

`

     २०७७ चैत्र १६ गते ११:२२

काठमाडौँ, १६ चैत। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक रुपमा केही अवरोध भएपनि सरकारले विबास निर्माणका कामहरु तीव्र गतिमा गरिरहेको बताएका छन् ।

सोमबारको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गुड न्युजका साथ अघि बढिरहेको बताएको छ।

सो कार्यक्रममा उनले भने, ‘राष्ट्रिय महत्त्वका आयोजना सम्पन्न गर्ने अभियानमा निरन्तर सरकार लागेको छ । राजनीतिक रुपमा केही अवरोध भएपनि विकास निर्माणका कामहरु तीव्र गतिमा भइरहेको छ । यसलाई गुड न्युजका रुपमा उपस्थित भइरहेका छौं’

काठमाडौँ बासीको सपनाको रुपमा रहेको मेलम्ची काठमाडौं ल्याएको, विकास निर्माणका कामलाई गति दिएको जस्ता विषय गुड न्यूज भएको उनको भनाई छ ।

मन्त्री गुरुङले भने, ‘सरकार गुड न्यूजका साथ अघि बढिरहेको छ । फागुको समापन आजबाट सकिँदैछ । लामो समयसम्म मेलम्चीको खानेपानीको पर्खाइमा रहेकोका काठमाडौंबासीको सपना पुरा भएको छ । सरकार यसमा गौरव गर्छ ।’

मौसममा प्रतिकूलताका कारण स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु पर्ने आवश्यकता देखिएको भन्दै बालबालिका र जेष्ठ नागरिकलाई विशेष ध्यान दिन आग्रह समेत मन्त्री गुरुङले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?