काठमाडौँ, १६ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा कुल १४१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ ।
जसमध्ये २ लाख ७२ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




