एजेन्सी, १६ चैत। भारतमा २४ घण्टामा थप ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




