" /> काठमाडौं उपत्यकाको घरघरमा आइपुग्यो मेलम्चीको पानी, कहाँ कुन समय पानी ? (सूची सहित) - Sarbocha Media

काठमाडौं उपत्यकाको घरघरमा आइपुग्यो मेलम्चीको पानी, कहाँ कुन समय पानी ? (सूची सहित)

`

     २०७७ चैत्र १६ गते १२:५०

काठमाडौं, १६ चैत । मेलम्चीको पानी काठमाडौं उपत्यकाको घरघरमा आइपुगेको छ ।

सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको छ ।

आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको छ ।

पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।

तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?