काठमाडौँ, १५ चैत। राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेकी छिन । होली पर्वले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने बताउँदै राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी हुन ।

राष्ट्रपति भण्डारीले फागु पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना व्यक्त गरेकी छिन ।
उनले सन्देशमा कोभिड–१९ को महामारी टरिनसकेकाले पूर्ण सावधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउन समेत अनुरोध गरेकी छिन् ।
होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवर्द्धन गर्न उत्प्रेरण प्रदान गर्ने राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।




