एजेन्सी, १५ चैत । भारतमा पछिल्लो २४ घण्टामा थप ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
अघिल्लो दिन भारतमा ६२,६३२ नयाँ संक्रमित भेटिएका थिए। यसअघि १५ अक्टोबरमा ६३,४४१ जनामा कोरोना संक्रमित पुष्टि भेटिएका थिए ।
पछिल्लो २४ घण्टामा २८,७२८ जना निको भएका छन् भने यो वर्ष पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्या बढेर ३१२ भएको छ ।
यस्तै कोरोनाका बढ्दो संक्रमणका बीच आज मध्यप्रदेशका १२ शहरमा लकडाउन गरिएको छ । यहाँ शनिबार राती १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टाको लकडाउन गरीएको छ ।




