शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले सर्वोच्चको फैसलाले विघटित प्रतिनिधिसभा पुनःस्थापित गरेपनि प्रधानमन्त्री ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले तत्काल पदबाट हटाउनुपर्ने बताए हुन्।

अध्यक्ष यादवले भने, ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता, गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ ।’ अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।

संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओली अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाए । उनले सरकारले संसदलाई विजनेस नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा पनि प्रधानमन्त्रीले स्पष्टरुपमा संसदलाई निकम्मा देखाएर फेरि भंग गर्ने भरमग्दूर प्रयास गर्नुभएकै हो ।’ राष्ट्रियसभा बैठक नबोलाउनु पनि त्यसकै लागि हुनसक्छ ।

" /> ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्छ : अध्यक्ष यादव - Sarbocha Media

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्छ : अध्यक्ष यादव

`

     २०७७ चैत्र १३ गते ९:१६

बुटवल, १३ चैत। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई तत्काल प्रधानमन्त्री पदबाट हटाउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले सर्वोच्चको फैसलाले विघटित प्रतिनिधिसभा पुनःस्थापित गरेपनि प्रधानमन्त्री ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले तत्काल पदबाट हटाउनुपर्ने बताए हुन्।

अध्यक्ष यादवले भने, ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता, गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ ।’ अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।

संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओली अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाए । उनले सरकारले संसदलाई विजनेस नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा पनि प्रधानमन्त्रीले स्पष्टरुपमा संसदलाई निकम्मा देखाएर फेरि भंग गर्ने भरमग्दूर प्रयास गर्नुभएकै हो ।’ राष्ट्रियसभा बैठक नबोलाउनु पनि त्यसकै लागि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?