शुक्रबार प्रदेशको अस्थायी मुकाम बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ मा प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका दाङको देउखुरी तोकिएपछि प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रदेशसभाको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको राप्ती प्राविधिक शिक्षालयमा गर्ने गृहकार्य गरे पनि उक्त शिक्षालयको जग्गा प्रदेशलाई प्राप्त नहुँदा बैठक बुटवलमै बस्न लागेका हुन् ।

" /> लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गते हुने - Sarbocha Media

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गते हुने

`

     २०७७ चैत्र १३ गते ६:२०

बुटवल, १३ चैत । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि बोलाउने भएको छ ।

शुक्रबार प्रदेशको अस्थायी मुकाम बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ मा प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका दाङको देउखुरी तोकिएपछि प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रदेशसभाको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको राप्ती प्राविधिक शिक्षालयमा गर्ने गृहकार्य गरे पनि उक्त शिक्षालयको जग्गा प्रदेशलाई प्राप्त नहुँदा बैठक बुटवलमै बस्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?