काठमाडौँ, १२ चैत । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एमाले संसदीय दलको बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी बैठक शुरू गर्ने ओलीको तयारी छ।
शनिबारको संसदीय दलको बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह पनि सहभागी हुने तयारी छ। यसअघि ओलीले बिहीबार बोलाएको बैठकमा भने नेपाल–खनाल समूहका सांसदहरू अनुपस्थित थिए।
नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकका बारेमा जानकारी प्राप्त भएको र छलफलपछि निर्णय हुने बताएको छ।
माधव नेपाल पक्षका नेता योगेश भट्टराईले पनि बिहीबारको बैठकमा व्यस्तताका कारण उपस्थित हुन नसकेको र अब हुने संसदीय दलको बैठकमा उपस्थित हुने पत्रकार सम्मेलनमा बताएका थिए।




