सर्लाही, १२ चैत। सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक युवकको शव फेला परेको छ ।
सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
उनको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कुँवरले जानकारी दिए ।




