बोर्डमा दलका उपनेता, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भ अधिकारी र लिलम बस्नेत छन् ।

मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्नो दलका प्रदेशसभा सदस्यलाई सात दिनका लागि समय दिएका छन् ।

नेकपा एमाले पुर्नस्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् ।

प्रदेशसभामा नेकपा ओली समूहका सभामुखसहित ५१ सदस्य रहेका छन् ।

बिहिबारको बैठकमा ३१ सदस्यको उपस्थिति थियो भने नेकपा माओवादी केन्द्रका तर्फबाट रहेका उपनेता टङ्क आङ्बोको पनि उपस्थिति रहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते बिहान १०ः४३ बजे अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रदेशसभा सदस्य भीम आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । पछि केही सदस्यले अविश्वासको प्रस्तावबाट आफ्ना नाम फिर्ता लिएका थिए।

" /> मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट सात दिनभित्र नाम फिर्ता लिन निर्देशन - Sarbocha Media

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट सात दिनभित्र नाम फिर्ता लिन निर्देशन

`

     २०७७ चैत्र १२ गते ६:३८

विराटनगर, १२ चैत। नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले उक्त विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेका छन्।

बोर्डमा दलका उपनेता, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भ अधिकारी र लिलम बस्नेत छन् ।

मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्नो दलका प्रदेशसभा सदस्यलाई सात दिनका लागि समय दिएका छन् ।

नेकपा एमाले पुर्नस्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् ।

प्रदेशसभामा नेकपा ओली समूहका सभामुखसहित ५१ सदस्य रहेका छन् ।

बिहिबारको बैठकमा ३१ सदस्यको उपस्थिति थियो भने नेकपा माओवादी केन्द्रका तर्फबाट रहेका उपनेता टङ्क आङ्बोको पनि उपस्थिति रहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते बिहान १०ः४३ बजे अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रदेशसभा सदस्य भीम आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । पछि केही सदस्यले अविश्वासको प्रस्तावबाट आफ्ना नाम फिर्ता लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?